शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाले विपि स्मृति भवनमा कामै नभएर भुक्तानी दिएकाे खुलासा

खप्तड छेडेदह गाउँपालिकाले विपि स्मृति भवनमा कामै नभएर भुक्तानी दिएकाे खुलासा

  • बुधबार, अशोज ३, २०८०
खप्तड छेडेदह गाउँपालिकाले विपि स्मृति भवनमा कामै नभएर भुक्तानी दिएकाे खुलासा

बाजुरा– खप्तड छेडेदह गाउँपालिकाले नेपाली कांग्रेसको विपि स्मृति भवन निर्माणमा आइटम अनुसार कामै नगरि सोझै भुक्तानी दिएको पाइएको छ । आर्थिक बर्ष ०७८/०७९ को मलेप प्रतिबेदन अनुसार गाउँपालिकाले विपि स्मृति भवन निर्माणका लागि विनियोजन गरेको ९ लाख ६८ हजारमा उक्त कार्यको कुनै आइटमको कामै नभएको जनाएको छ । कम काम भएकोमा समेत पुरै काम भएको नापी मुल्यांकन गरि रकम भुक्तानी दिएको महालेखा परिक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खरिद निमावली २०६४ को नियम १२३ बमोजिम प्रविधिक नापजाँच गरि वास्तविक कार्य सम्पन्नको आधारमा बिल र बीजकको भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले सो व्यवस्थालाई वेवस्था गर्दै गौश्ववारा भौचर नंः ३२५/२०७९ असार २५ गते न्यु बडालेक निर्माण सेवाबाट विपि स्मृति भवन मर्मत संभार गराई थप २ लाख ९ हजार ४ सय ५० भुक्तानी दिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै सो कार्य सार्वजनिक खरिद निमावली विपरित भएको र बढि भुक्तानी दिएको भन्दै महालेखा परिक्षकको कार्यालयल सोे रकमलाई बेरुजुमा राखेको छ ।
सो निर्माण कार्यको वास्तविक यकिन गरि कामै नभएको आइटमको नापी गर्ने प्रविधिकलाई समेत जिम्मेवार बनाई सो फर्मबाट रकम असुली गर्न पनि महालेखा परिक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार