मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

  • सोमवार, अशोज १, २०८०
सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

धनगढी— सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजेन्द्रवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरूमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, इशा जोशी र धनसिंह विष्ट रहेका छन्। ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।

प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादीनिकट एक, नेकपा माओवादी केन्द्रनिकट दुई र नेकपा एमालेनिकट तीन तथा नेपाली कांग्रेसनिकट पाँचजना प्राध्यापक निर्वाचित भएका छन्। उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो।

चर्चामा

सम्बन्धित समाचार