आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • ‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

  • बिहिबार, भदौ २८, २०८०
‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

बझाङ– साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन्। भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन्।

जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन्।

१८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरे। समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन्। कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन्।

चर्चामा

सम्बन्धित समाचार