मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न सांसदहरुको माग

विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न सांसदहरुको माग

  • बिहिबार, भदौ २१, २०८०
विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न सांसदहरुको माग

काठमाडौँ —प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेको टिप्पणी गरेका छन् ।

बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गरे । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गरे ।

सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गरे ।

जनमत पार्टीका विनिताकुमारी सिंहले तराई–मधेसका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गरे ।

सोही पार्टीका शिशिर खनालले भने, नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ ।

बैठकमा कांग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय, नेपका (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार