शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष रावतद्धारा स्थानिय नरबहादुरलाइ कुटपिट

बाजुरा खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष रावतद्धारा स्थानिय नरबहादुरलाइ कुटपिट

  • बुधबार, भदौ २०, २०८०
बाजुरा खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष रावतद्धारा स्थानिय नरबहादुरलाइ कुटपिट

बाजुरा– बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ३ का वडा अध्यक्ष बिर्ख रावतले एक जना स्थानियलाइ मराणासन्न हुने गरी कुटपिट गरेका छन । स्थानिय नरबहादुर बुढालाई वडा अध्यक्ष रावतले मंगलबार दिउसो मदिरा सेवन गरी मरणासन्न हुने गरी कुटपिट गरेका हुन ।
वडा अध्यक्ष बिर्ख रावत र उनका नजिककै कार्यक्रता  सहितको समूहले मदिरा सेवन गरी मंगलबार दिउँसो देखी गाउँमा अन्य स्थानियहरुलाई गालिगलौच गर्दै हिडेका र साझ पख नरबहादुर बुढालाइ धारीलो हतियार प्रयोग गरी मरणसन्न हुने गरि कुटपिट गरेको स्थानियले बताएका छन ।
कुटपिटपछि नर बहादुर बुढा सख्त घाइते भएका छन् उनको अहिले डोगटी स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानियले बताएका छन । वडा अध्यक्ष रावत नेपाली काग्रेसबाट निर्बाचीत वडा अध्यक्ष हुन । उनले बुढालाइ स्थानिय तहको निर्वाचनमा आफुलाइ भोट नहालेको भनेर यस अघी पनि पटक पटक धम्की दिदै आएका र हिजो एक्लै फेला पारेर कुटपिट गरेको उनका आफन्तको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार