बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा स्थानिय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

बाजुरामा स्थानिय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

  • मङ्लबार, भदौ १९, २०८०
बाजुरामा स्थानिय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

बाजुरा—स्थानिय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने भएका छन । बाजुराका स्थानियहरुका कर्मचारीहरुले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने तयारी गरेका छन ।

मंगलबार बडिमालिका नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत आठ सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । बडिमालिका नगरपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने बडिमालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विकले बताएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ४ गते नगरपालिकालाई २२ भदौमा निजामती सेवा दिवस मनाउन पत्राचार गरेको थियो ।

नगरपालिकाका कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानिय तहका कर्मचारीहरुलाई निजामतीमा नसमेटिएकाले निजामती सेवा दिवस उपयुक्त नठानी सो दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाउने शिक्षा शाखा प्रमुख विकले बताए ।
त्यस्तै स्थानिय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमनाउने भन्दै उनिहरुले संयुक्त विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । विभिन्न माग राख्दै देशभरका स्थानिय तहमा कार्यरत कर्मचारीहरुले उक्त दिवसको विरोध जनाएका छन ।

उनिहरुले संघीय निजामती सेवा ऐन नभइ एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानिय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग राखेका छन ।

त्यस्तै निजामती कर्मचारीहरुले अस्पतालमा सबै कर्मचारीहरुको उपचार पाउनु पर्ने, प्रमुख प्रशासकीय पद स्थानिय तहकै हुनुपर्ने र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको पूणर् सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगातका माग राखेका छन । No description available.

चर्चामा

सम्बन्धित समाचार