आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले भुटानविरुद्ध बलिङ गर्दै, रुबी पोदारको राष्ट्रिय टिममा डेब्यु

नेपालले भुटानविरुद्ध बलिङ गर्दै, रुबी पोदारको राष्ट्रिय टिममा डेब्यु

  • आइतवार, भदौ १७, २०८०
नेपालले भुटानविरुद्ध बलिङ गर्दै, रुबी पोदारको राष्ट्रिय टिममा डेब्यु

आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् । नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् । सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् । उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् ।

यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् । आजको पहिलो रोजाइको टिममा तीनै नयाँ खेलाडी एकै साथ सेटमा देखिनेछन् ।

नेपालको प्लेइङ ११ :

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, अस्मिना कर्मचार्य, इन्दु बर्मा, बिन्दु रावल, पुजा महतो, सम्झना खड्का, रुबी पोदार, खुसी ढंगोल, कविता कुवँर र कविता जोशी

चर्चामा

सम्बन्धित समाचार