सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • शुक्रबार, भदौ १५, २०८०
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार