आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगा नगरपालिकाका बजार अनुगमन, म्याद नाघेका सामान बरामद गरि नष्ट

बुढिगंगा नगरपालिकाका बजार अनुगमन, म्याद नाघेका सामान बरामद गरि नष्ट

  • सोमवार, भदौ ११, २०८०
बुढिगंगा नगरपालिकाका बजार अनुगमन, म्याद नाघेका सामान बरामद गरि नष्ट

बाजुरा — बुढिगंगा नगरपालिकाले नगरपालिकाका ठुला सबै बजारहरु अनुगमन गरेको छ । नगरभित्रका रिठा, मालिका, बेतालमाडौ तथा बाम्का बजार अनुगमन गरेको छ ।

त्यस्तै फालासैन बजार,ताप्रेसेरा र बल्दे लगायतका बजारहरुको संयुक्त अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख माया कुवर खड्काको नेतृत्वमा गएको टोलीले ति बजारहरु अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्य तथा अखाद्य सामान बरामद गरि नष्ट गरेको छ ।

हिजो र आज गरेर हजारौ मुल्य बराबरका म्याद नाघेका सामान नियन्त्रणमा दिई नष्ट गरेको उपप्रमुख माया कुवर खड्काले बताएकी छन । आज पनि किराना पसल तथा फर्निचर पसलमा दस हजारबढि मुल्य बरावरका म्याद नाघेका सामान नियन्त्रणमा दिई नष्ट गरेको उपप्रमुख खड्काले बताइन् । नगरपालिकाको वडा नं १, २, ३ र ५ का फलासैन, ताप्रेसेरा, बल्देलगातका बजारमा एक किलो र आधा किलोका करिव ३० प्यागेट जति रङका डिब्बाहरु बरामद गरि नष्ट गरिएको उप उप्रमुख खड्काले बताइन् ।

उक्त टोलीले ति बजारहरुमा म्याद नाघेका सामानहरु राखिएका र विक्री वितरणसमेत गर्ने गरेको भन्दै उक्त खाद्य तथा अखाद्य सामान नियन्त्रणमा लिई नष्ट गरिएको नगर प्रवक्त हेमराज जैशीले बताएका छन । त्यस्तै नगरपालिकाले नगरपालिकाको कार्यविधि २०७९ अनुसार दर्ता नगरी संचालन गरेका पसल व्यावसायिहरुलाई एक हप्ताभित्र नगरपालिकामा दर्ता गर्न समेत निर्देशन दिएको छ ।

उक्त टोलीले प्रत्येक पसल व्यावसायिहरुले हरेक सामानको मुल्य सूचि निर्धारण गरेर टासँ गर्न निर्देशन दिइएको नगर प्रवक्त जैशीले बताए ।

उक्त बजार अनुगमनमा नगर उपप्रमुख माया कुवर, प्रमुख प्रसाशकिय अधिकृत नरेन्द्र नाथ, २ नं का वडा अध्यक्ष पदम भण्डारी, वडा नं ३ का वडा सदस्य हरिकेश नेपाली, कृषि शाखा दिपक थापा, एमआइएस अपरेटर सपना शाह, लेखापाल, स्वास्थ्य शाखा, कृषि शाखा , नगरपालिकाका कर्मचारी, वडा अध्यक्षलगायत सुरक्षाकर्मी खटिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार