आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाले रद्द

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाले रद्द

  • सोमवार, भदौ ११, २०८०
नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाले रद्द

काठमाडौं  — आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । तर त्यसपछि वर्षा भएकाले नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नै पाएन । वर्षाको कारण नेपालले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द हुन पुगेको हो ।

नेपालले चारदेशीय महिला टी-२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो । आईसीसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार