आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • दोलखामा पहिरोले चार घर बगायो, सडक पनि अवरुद्ध

दोलखामा पहिरोले चार घर बगायो, सडक पनि अवरुद्ध

  • आइतवार, भदौ १०, २०८०
दोलखामा पहिरोले चार घर बगायो, सडक पनि अवरुद्ध

दोलखा— दोलखाको विगु गाउँपालिका- ३ ओलीटारमा पहिरोले चार वटा घर बगाएको छ ।

शनिबार राति परेको वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्वव प्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बगाएको स्थानीय कुमार खड्काले जनाए ।

राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका छन् । पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ ।

पहिरोले उत्तरको मुखणय सिंगटी माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार