शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित हुँदा सेवा प्रवाहमा समस्या

डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित हुँदा सेवा प्रवाहमा समस्या

  • शुक्रबार, भदौ ८, २०८०
डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित हुँदा सेवा प्रवाहमा समस्या

बाजुरा— खप्तड छेडेदह गाउँपालिका ५ मा रहेको डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।

गत शनिवार परेको अविरल बर्षासंगै माथिबाट आएको बाढी पहिरोले स्वास्थ्य चौकी छापेपछि सेवा दिन समस्या भएको स्वस्थ्य चौकी ईन्चार्ज दल बहादुर रावतले बडिमालिका खबरलाई बताएका छन ।  स्वास्थ्य चौकी बाढी पहिरोले छापेपछि गत मंगलबार स्वास्थ्य चौकीका सम्पूर्ण सामान गाउँपालिकाको पुरानो भवनमा सारेको ईन्चार्ज रावतले बताए ।

बाढी पहिरोले स्वास्थ्य चौकीमा औषधीलगायतका सामानमासमेत क्षति गरेको ईन्चार्ज रावतले बताए । उक्त भवनका तिन वटा कोठाबाट मात्र सेवा दिने गरेकाले डेलिभरी, गर्भवती तथा सुत्केरीलगायत अन्य बिरामीहरुलाई सेवा दिन समस्या भइरहेको उनले बताए ।

उनले भने डोगडी स्वास्थ्य चौकीमा भवनको अभाव नै थियो त्यहि माथि पहिरोले छापेपछि सेवा दिन झन समस्या भएको बताए । गत शनिवार बाढी पहिरोले स्वास्थ्य चौकी विस्थापित हुनुका साथै औषधीलगायतका सामान छापेको थियो । यसरी बर्ष बर्ष स्वास्थ्य चौकी पहिरोले विस्थापित हुँदा जोखिममा सेवा दिनुपर्ने बाध्यता खेप्दै आउनु परेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

गत बर्ष स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकीका साथै पार्तोला खेलमैदान र आसपासका दर्जनबढि वस्तीहरु जोखिममा परेका छन । डोगडी स्वास्थ्य चौकीमा गाउँपालिकाका वडा नंः ३, ४, ५, ७ लगायतका स्थानियहरु उपचारका लागि आउने गरेका स्वास्थ्य चौकीले जनाएको छ ।

डोगडी स्वास्थ्य चौकी, खेलमैदानका साथै दर्जनबढि घर जोखिम पुणर् त्राममा बस्दै आउनु पर्ने बाध्यता रहेपनि गाउँपालिकाले भने अहिलेसम्म कुनै ठोस योजना बनाएर व्यवस्थापन गर्ने नसकेको स्थानियहरुले गुनासो गरेको छन ।

यस विषयमा खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विशु नाथले गायँपालिकामा दश शैयाको अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकोले त्यो भन्दा अगाडि केहि गर्न नसकिने बताएकी छन । स्वास्थ्य चौकीको माथि ठुलो पहिरो लागेकाले बर्षायममा स्वास्थ्य चौकीको सेवा प्रवाह अन्य भवनबाट दिनुको विकल्प नरहेको उपाध्यक्ष नाथले बताएकी छन ।

त्यस्तै पहिरोको जोखिममा रहेका बस्तीहरुका परिवारलाई पनि आसपासका अन्य ठाउँमा बस्न निर्देशन दिइसकेको उपाध्यक्ष नाथले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार