आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

  • मङ्लबार, भदौ ५, २०८०
उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

काठमाडौं — वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् । विदेश जाने क्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिए ।

यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत गएकी थिइन् ।

उच्च अदालत, इलाम इजलासका न्यायाधीश मैनालीको इजलासले स्थानीय सरकार सञ्चालन ऐनमै ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षले कार्यभार सम्हाल्ने कानुनी व्यवस्था रहेको र पदसोपानमा अध्यक्षपछि उपाध्यक्ष हुने भएकाले वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार