• होमपेज
  • देश
  • पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

  • मङ्लबार, भदौ ५, २०८०
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

पाल्पा —पाल्पामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

सोमवार माथागढी गाउँपालिका–२ स्थित बाँसटारी झडेवा सडक खण्डको भित्री खण्डमा माथागढीको झडेवाबाट रुप्सेका लागि छुटेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठक्कर खाई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा माथागढी गाउँपालिका–२ दोहोराका ३८ वर्षीय बेदप्रसाद भुषालको मृत्यु भएको हो।

दुर्घटनामा सोही गाउँका ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोबिन्दबहादुर सारु, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोपबहादुर सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार