शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित, औषधीलगायतका सामान छापिए

डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित, औषधीलगायतका सामान छापिए

  • आइतवार, भदौ ३, २०८०
डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित, औषधीलगायतका सामान छापिए
फाइल फाेटाे

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ मा रहेको डोगडी स्वास्थ्य चौकी पहिरोले विस्थापित भएको छ ।

शनिबार राति परेको अबिरल बर्षासंगै माथिबाट आएको बाढी पहिरोले स्वास्थ्य चौकीको छापेको स्थानियले बताएका छन । अबिरल बर्षासंगै आएको पहिरोले स्वास्थ्य चौकीको एक भागबाट पानी भित्र पसेर सबै कोठा पानीले भरिएका स्वास्थ्य चौकी ईन्चार्ज दल बहादुर रावतले बताएका छन ।

स्वास्थ्य चौकी भित्र रहेका औषधीलगायतका सामान समेत छापेको इन्चार्ज रावतले बडिमालिका खबरलाई बताएका छन । स्वास्थ्य चौकीको अर्को भवनमा स्वास्थ्यकर्मी समेत बस्दै आएका र पहिरोले मानविय क्षेति नभएपनि औषधीलगायतका सामान छापेर ठुलो नोक्सान गरेको उनले बताए ।

उनले भने अहिले स्वास्थ्य चौकीका सामान बाहिर निकाल्ने काम भइरहेको छ, छापिनबाट जोगिएको भने सामान भने कतै कोठा खोजेर राख्ने कुरा भएको बताए । बाढी पहिरोले स्वास्थ्य चौकी भित्रका सामानमा भएको क्षेतिको विवरण भने अहिलेसम्म आइसकेको छैन ।

एक्कासी अबिरल बर्षासंगै आएको बाढी पहिरोले स्वास्थ्य चौकीको कोठा कोठामा पसेको र औषधीलगायतका सामानसमेत छापेकाले सेवा पनि बन्द भएको छ । माथिबाट आएको बाढी पहिरोले स्वास्थ्य चौकीका साथै पार्तेला खेल मैदानसमेत छापिएको छ ।
गत बर्षपनि माथिबाट आएको पहिरोले स्वास्थ्य चौकी नै छापेको थियो । फेरि पनि त्यसकै मर्मत गरेर त्यहिबाट सेवा दिन सुरु गरिएको थियो । यसरी स्वास्थ्य चौकी बर्षौदेखिको पहिरोको चपेटामा पर्दा पनि सरकारले कुनै व्यवस्था गर्न सकेको छैन ।

उक्त स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकी आसपासका दर्जनौबढि घरसमेत पहिरोको चपेटामा परेका छन ।

डोगडी स्वास्थ्य चौकी भित्रै बाढी- No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार