आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • महिनाको अन्तिम दिन सुन प्रतितोला आठ सय रुपैयाँले सस्तियो

महिनाको अन्तिम दिन सुन प्रतितोला आठ सय रुपैयाँले सस्तियो

  • बिहिबार, साउन ३२, २०८०
महिनाको अन्तिम दिन सुन प्रतितोला आठ सय रुपैयाँले सस्तियो

काठमाडौं— आज साउनको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले सस्तिएको हो।

जसअनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार चार सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८५०रुपैयाँ कायम गरिएको छ। बुधबारसुनको भाउ प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँ थियो।

महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।

चर्चामा

सम्बन्धित समाचार