आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन

एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन

  • बुधबार, साउन ३१, २०८०
एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन

कञ्चनपुर— कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि लगाएको तालाबन्दी अझै खोल्न सकेकाे छैन्।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाजमा प्रभाव परेकोछ। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि तालाबन्दी गरेका थियो।

केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले बताए। “साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन।”

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताए।

“पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन।” दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार