आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

  • मङ्लबार, साउन ३०, २०८०
मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो । सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ ।

ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार