• होमपेज
  • देश
  • सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

  • सोमवार, साउन २९, २०८०
सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

राजविराज — निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बिहानबाट पानीको सतह केही घट्न थालेको छ ।ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

अत्यधिक बहाव भएपनि कोशी ब्यारेजका संरचना सुरक्षित रहेको र तटबन्ध लगायतका संरचनामा पनि अहिलेसम्म कुनै ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार