मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र ६ भाइबहिनीलाइ आर्थिक सहयोग 

अलपत्र ६ भाइबहिनीलाइ आर्थिक सहयोग 

  • सोमवार, साउन २९, २०८०
अलपत्र ६ भाइबहिनीलाइ आर्थिक सहयोग 
बाजुरा–त्रिबेणी नगरपालिकामा १ छताराका अलपत्र ६ भाइबहिनिलाइ आर्थिक सहयोग गरिएको छ । उनिहरु अहिले काठमाडैमा उद्धार समेत भइसकेको छ ।  ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेको समाचार प्रकाशित पछि उद्धार तथा सहयोग भएको त्रिबेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानले वताईन् । 
 बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सञ्चारमाध्यममा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले पालनपोषण र शिक्षाको समेत जिम्मा लिने गरि बच्चाको उद्धार भएको शान्ति सेवा गृहले वताएको छ । 
समाचार प्रकाशित पछि बालवालिकालाइ आर्थिक सहयोग समेत जुटेको त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौउपानेले वताईन् । अष्ट्रलियाबाट बविता दियाली, उनका श्रीमान विजय लगायत साथिहरु बाट ३५ हजार सहयोग गरेका छन् । त्यस्तै अष्ट्रलिया बाट आशिष सापकोटाले २५ हजार र चितवन घर भइ हाल अष्ट्रलिया बाट आरति लामाले १० हजार ९ सय ६४ सहयोग गरेकी छन् । ओखलढुङ्गा घर भइ हाल बिदेश बस्दै आएका तेज बहादुर मगरले १० हजार ४ सय ६४ सहयोग गरेका हुन् । उक्त रकम पालनपोषण गर्ने संस्थालाइ हस्तारण गरिएको छ । 
अष्ट्रलियामा इश्वर पोखरलेको नेतृत्वमा ५ लाख ४१ हजार ९० रकम संकलन भएको थियो । त्यस्तै अन्य सहयोगिले पनि सहयोग गरेका थिए । बच्चा अलपत्र परेको जानकारी पछि बडिमालिका खबरको टिम स्थलगत रिपोटिङ्गमा पुगेको थियो । आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि थिइन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि थिइन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि  छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका थिए । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताएकि थिइन । 
अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन् । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको थियो । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको थियो ।
अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका थिए । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् । 
बैशाख २० गते छैटो सन्तानका रुपमा छोरी जन्माएकि अस्मितालाइ रक्तस्राप भएपछि आफन्तले ९ दिन पछि अछामको बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ ठिक नहुने भन्दै सेति प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएका थियो ।

चर्चामा

सम्बन्धित समाचार