सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

  • शुक्रबार, साउन २६, २०८०
तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

चर्चामा

सम्बन्धित समाचार