मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • तामाकोशीमा माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

तामाकोशीमा माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

  • बुधबार, साउन २४, २०८०
तामाकोशीमा माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

दोलखा — तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिएका छन् । साँझ ६ बजेतिर माछा मार्न गएका बिगु-२ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेस कुमार यादवका अनुसार पहिरोमा पुरिएका तामाङको खुट्टा देखिएको छ र पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।

तिरिस तामाङ अरु तीन जना साथीसँग माछा मार्न भनेर साँझ ६ बजेतिर तामाकोशी किनारमा गएका थिए । बिगु-२ को टुकु भन्ने स्थानमा एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए । उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी यादवले जानकारी दिए ।

‘त्यसको जानकारी प्रहरीलाई राति ९ बजे प्राप्त भयो । रातिको बेला भएकाले हिजो तामाङ फेला परेनन् । आज बिहान भने पहिरोमा पुरिएको अवस्थामा उनको खुट्टा देखिएको छ,’ उनले भने । उनलाई बाहिर निकाल्ने प्रयास भइरहेको र इन्सपेक्टर राजेश सिग्देलको टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार