सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

  • मङ्लबार, साउन २३, २०८०
खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

बाजुरा— खप्तड छेडेदह गाउँपालिका २ पिपलगाउँका दुई घर पहिराले पूणर् रुपमा विस्थापित भएका छन । गत शनिबार राति परेको अबिरल बर्षाले घरको माथिबाट आएको पहिरोले दुवै घर चपेटामा परेका छन ।

अहिले उनिहरुका घरहरु बस्ने अवस्थाका समेत नभएको प्रहरी चौकी काँडाले जनाएको छ । त्यस्तै पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएकाे छ ।

त्यसै गरि तिखाडाका स्थानिय गणेश सिहंको तिन तले घर र पिपलगाउँका बिरे कुवँरको २ तले घर पनि पूणर् रुपमा क्षेति गरेको प्रहरीको भनाई छ । अहिले उनीहरु दुवै परिवार भैसी बाध्ने छानोमा बसिरहेका स्थानियहरुले बताएका छन । अबिरल बर्षाका कारण जताततै आएको पहिरोले पुरै गाउँ नै पहिरोको चपेटामा परेको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन ।

पिपलगाउँका दुई घर विस्थापित हुनुका साथै गाउँ वरिपरि अहिलेसम्म पनि पहिरो बगिरहेकाले गाउँ नै पहरोको चपेटामा परेकोे वडा अध्यक्ष बुढाले बताए ।
विस्थापित भएका दुवै परिवार अहिले छानोमा बसिरहेका र तत्काल व्यवस्थापनका लागि पहल भइरहेको वडा अध्यक्ष बताए । त्यस्तै पिपल गाउँमा रहेको एउटा झुलङं्गे पुलमा समेत पहिरोले बगाएकाले आवतजावतमा समस्या भएको उनले बताएका छन । No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार