सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, साउन २२, २०८०
सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार चार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ रहेको थियो ।

यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलाको १४ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार