सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • शीर्ष नेताको बैठकमा भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो

शीर्ष नेताको बैठकमा भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो

  • सोमवार, साउन २२, २०८०
शीर्ष नेताको बैठकमा भएन सहमति, संसद बैठक ४ बजेलाई सर्‍यो

काठमाडौं — संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।

दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार