• होमपेज
  • देश
  • नेपाली महिला क्रिकेट टिमले पायो पहिलो विदेशी प्रशिक्षक

नेपाली महिला क्रिकेट टिमले पायो पहिलो विदेशी प्रशिक्षक

  • आइतवार, साउन २१, २०८०
नेपाली महिला क्रिकेट टिमले पायो पहिलो विदेशी प्रशिक्षक

काठमाडौं — नेपाली महिला क्रिकेट टिमले पहिलो विदेशी प्रशिक्षक पाएको छ । महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी हुन् ।

नेपाल क्रिकेट संघ क्यानले ले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी-२० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो।

टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ।

विश्वकप टी २० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ।

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन,भुटान,कतार र यूएई छन्।

समूह बी मा चीन,हङकङ,कुवेत,थाइल्यान्ड र म्यानमार छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

ग्लोबल महिला टी २० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोलीसँगै कूल १० टोलीले खेल्नेछन्। त्यसका शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउनेछ।

चर्चामा

सम्बन्धित समाचार