सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

  • बुधबार, साउन १७, २०८०
तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं — बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख १३ हजार रुपैयाँ सुन र एक हजार ४७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार