बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

  • आइतवार, साउन १४, २०८०
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यस्तै तराई क्षेत्रमा खानेपानी अभाव रहेको, पानीको अभावका कारण रोपाई गर्न समस्या भएकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार