बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदह –५ का टेकबहादुर सम्पर्कमा उनका दाजु अझै सम्पर्क बिहिन

खप्तड छेडेदह –५ का टेकबहादुर सम्पर्कमा उनका दाजु अझै सम्पर्क बिहिन

  • मङ्लबार, साउन ९, २०८०
खप्तड छेडेदह –५ का टेकबहादुर सम्पर्कमा उनका दाजु अझै सम्पर्क बिहिन

टेकबहादुर बुढा, बाजुरा — खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका दुई दाजुभाई मध्ये टेकबहादुर रावत दुई महिना पछि सम्पर्कमा आएका छन । टेकबहादुर रावतका दाई अर्जुन रावत भने अहिलेसम्म सम्पर्कमा नआएका उनका आफन्तले बताएका छन ।

गत जेठ ३ मा भारतको उत्तराखण्ड राज्यको पौडीबाट घर फर्किँदै गरेको समयमा दुवै दाजुभाई सम्पर्क बिहिन भएका थिए । पौडीबाट हिँडेको तीन घण्टापछि सम्पर्क विहीन भएका टेकबहादुर भने सोमबार सम्पर्कमा आएका पारिवारिक स्राेतले जनाएकाे छ । 

उनका आफन्तका अनुसार गत जेठ ३ गते दुई दाजुभाइ पौडी जिल्लाको पौवा भन्ने ठाउँबाट हिँडेको समयमा रिसिकेशदेखि हरिद्वारसम्मको जङ्गलमा एक जना नेपाली बोल्ने मानिसले जुस खुवाएपछि होसमा समेत नभएका बताइएको छ । दाजु र आफसँगै बसेको बेलामा त्यो जङ्गलमा नेपाली बोल्नेले जबरजस्ती जुस खुवाएपछि दाइको बारेमा केही थाहा नभएको उनका आफन्तहरुले बताएका छन ।

अहिलेसम्म सम्पर्कमा नआएका अर्जुन रावतका दुई छोरा, दुई छोरी र श्रीमती छन् भने टेकबहादुर रावतका तीन छोरा र श्रीमती छन् । करिब तिन महिना बित्नै लादाग्सम्म भाई सम्पर्कमा आएपनि दाजु अर्जुन सम्पर्कमा नआउँदा उनको घरपरिवार बिचल्लीमा परेको छ ।

भाई सम्पर्कमा आएपनि अर्जुन सम्पर्क बिहिन भएको करिब तिन महिना बितिसक्दा पनि गाउँपालिका लगायत कसैले पनि खाेजीकार्यका लागि सहयाेग नगरेका अर्जुनी श्रिमति जानादेवि रावतले दुखेसाे गरेकी छन ।

पारिवारिक स्राेतका अनुसार सम्पर्कमा आएका टेकबहादुर पाैडी नजिकै रहेका र केहिदिनमै घर फर्कने बताइएकाे छ । अर्जुन सम्पर्क बिहिन भएकाे करिब तिन महिना बितिसक्दा पनि गाउँपालिका लगायत कसैले पनि खाेजीकार्यका लागि सहयाेग नगरेका अर्जुनी श्रिमति जानादेवि रावतले दुखेसाे गरेकी छन ।

भारतमा गएर राजेगारी गरेर घरपरिवार चलाउने तथा छाेराछाेरी पढाउदै आएकाे तर अब श्रिमान नै सम्पर्क बिहिन भएपछि  घर नै बिचल्लीमा परेकाे उनले बताएकी छन । 

चर्चामा

सम्बन्धित समाचार