शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

  • शुक्रबार, साउन ५, २०८०
राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं—  आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन् ।

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।

चर्चामा

सम्बन्धित समाचार