मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु

  • मङ्लबार, साउन २, २०८०
धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु

धनगढी —  कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको निसर्ग अस्पतामा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार