सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

  • सोमवार, साउन १, २०८०
रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

उनले त्यस दिन दिउँसो १ः२६ बजे रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार