सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • भारतीय सडकमा विष्फोट, दार्चुलाका तीन घरमा क्षति

भारतीय सडकमा विष्फोट, दार्चुलाका तीन घरमा क्षति

  • शनिबार, असार ३०, २०८०
भारतीय सडकमा विष्फोट, दार्चुलाका तीन घरमा क्षति

दार्चुला — भारतीय सडकमा विष्फोट हुँदा दार्चुलाका तीन घरमा क्षति पुगेको छ। महाकाली नगरपालिका–५ मसिनीबालुवामा भारतीय सडकमा विष्फोट गराएको ढुंगा उछिटिएर नेपालतर्फका घरहरुमा क्षति पुगेको छ।

नेपालतिर कुनै सूचना नदिइ शुक्रबार दिउँसो भारत पिथौरागढ जिल्लाको धार्चुला तहसिल अन्तर्गतको कालिका ग्रामसभास्थित नयाँ बस्तीमा निर्माण भइरहेको सडकमा विष्फोट गराइएको हो।

त्यस क्रममा पारिबाट उछिटिएर आएको ढुंगाहरुले नेपालका मसिनीबालुवाका तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रहरी डीएसपी तर्कराज पाण्डेकाअनुसार सडक ब्लास्टिङका क्रममा उछिटिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयका घर र गोठमा क्षति पु¥याएको हो। बिहीबार र शुक्रबारको ब्लास्टिङले ढुंगा उछिटिएर स्थानीय नरभान दत्त बडूको ढुंगा (पाट)ले छाएको भान्सा घरमा प्वाल पारेको छ भने गोठ चर्किएको छ।

यस्तै हरकसिंह ठगुन्नाको पाटले छाएको घर र पानी धारोमा प्वाल परेको छ। सोही बस्तीका जगतसिंह ठगुन्नाको जस्तापाताको छाना र मेवाका रुखमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ब्लास्टिङका कारण स्थानीयका खेतमासमेत ढुंगा थुप्रिएका छन्। साना–ठूला ढुंगा खेतमा भेटिएका छन्। भारतीय पक्षले बिना सूचना ब्लास्टिङ गरेको स्थानीयको भनाइ छ। विष्फोट गराएको ठाउँबाट नेपालतर्फको बस्ती करिब दुई सय मिटरको दूरीमा पर्दछ।

चर्चामा

सम्बन्धित समाचार