बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

  • शुक्रबार, असार २९, २०८०
बैतडीमा आफ्नै बाजेले कुटेर गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु गएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर लोकराज जोशीले बताए ।

अर्का घाइते रिजन साउदलाई पनि डडेलधुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बाजेको कुटपिटबाट स्थानीय दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए ।

हेरचाह गर्न ५० वर्षीय गणेश साउदसँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

कुटपिट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार