शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • ज्यान मार्ने धम्की दिने वडा अध्यक्ष विरुद्ध प्रमुख प्रशासकीय अधिकृत्त विकले दिए उजुरी

ज्यान मार्ने धम्की दिने वडा अध्यक्ष विरुद्ध प्रमुख प्रशासकीय अधिकृत्त विकले दिए उजुरी

  • बिहिबार, असार १४, २०८०
ज्यान मार्ने धम्की दिने वडा अध्यक्ष विरुद्ध प्रमुख प्रशासकीय अधिकृत्त विकले दिए उजुरी

बजुरा — बडिमालिका नगरपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर खड्काले ज्यान मार्ने धम्की दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत्त रंगमल विकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन ।
आफ्नै कार्यकक्षमा बडीमालिका नगरपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर खड्काले प्रक्रिया नमिलेको रकम भुक्तानी नगरेको भन्दै ज्यान मार्ने धम्की दिएको विकले बताएका छन् ।
बुधवार आफ्नो कार्यकक्षमा नगर प्रमुख अम्मर बहादुर खड्का, वडा नम्बर ७ का वडाअध्यक्ष तथा नगरप्रबक्ता धर्मराज पाध्याय भएकै बेला वडा अध्यक्ष खड्काले पटक पटक आक्रमण गर्न खोजेको वताएका छन् । दुइपटक आफु माथि आक्रमणको प्रयास भएको थियो, २० गते सम्म भुक्तानी नदिए मार्ने समेत धम्की दिएकोले ज्यान सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएको विकले बताए ।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार प्रमुख प्रशासकीय अधिकृत्त रंगमल विकले ज्यान सुरक्षाको माग गर्दै र अनावश्यक ज्यान मार्ने धम्की दिएकोले कार्वाहीको माग गर्दै निवेदन आएको बताए ।
यस बारे वडा अध्यक्ष कृष्णबहादुर खड्कालाई बुझ्न खोज्दा कामको सिलसिलामा काठमाण्डौ हिडेको भन्ने जवाफल आएकोले घटना के कति कारणले भएको हो अनुसन्धान भईराखेको प्रमुख जिल्ला अधिकारी खड्काले बताएका छन् ।
यता वडा अध्यक्ष कृष्ण खड्कालाई बुझ्दा जनताले काम गरेको पैशा पाउनु पर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत्तसंग भनाभन भएको बताए । आफु जनप्रतिनिधि हु जनताले काम गरेको पैशा पाउनु पर्छ र दिनु पर्यो भन्ने मेरो माग रहेको बताए ।
अधिल्लो आर्थिक वर्षको अन्तिममा यसै गरी भुक्तानी रोक्दा समयमै काम नभएर सप्टोवयर बन्द भएर धेरै काम गरेका उपभोक्ताले पैशा पाएन यो पटक पनि २० गते भित्र जनताले काम गरेका पैशा दिन पर्ने भनेको बताए ।

चर्चामा

सम्बन्धित समाचार