मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाको तीन ‘स’ को नीति

गौमुल गाउँपालिकाको तीन ‘स’ को नीति

  • आइतवार, असार १०, २०८०
गौमुल गाउँपालिकाको तीन ‘स’ को नीति

बाजुरा– गौमुल गाउँपालिकाले तीन ‘स’ को नीति लिएर नीति, कार्यक्रम र बजेट ल्याएको छ । आर्थिक वर्ष ०८०/०८१ को बजेटमा बिशेषगरी स्वास्थ्य, शिक्षा र सडक गरी तीन ‘स’ को नीति अवलम्बन गरेर नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । यस वर्षको बजेट तथा नीति कार्यक्रम तीन ‘स’ लाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
गौमुल गाउँपालिकाको १३ औं गाउँ सभाबाट जनताका आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा भएका कारण यस वर्षको बजेट बढी त्यतातिर केन्द्रीत गरिएको प्रबक्ता देव बहादुर रोकायाले बताएका छन् ।
गाउँपालिकाले तीन वटा क्षेत्रलाई प्राथमिकतामा राखेर सबै वडामा सडक सञ्जाल जोड्नुपर्ने, जनताहरुको जीवन बचाउन थप उपकरण र अनुभवी डाक्टरको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई थप सुधार गरिने भएको छ ।
गाउँपालिकाका जनताहरुले ठुलो रकम खर्च गरेर अन्यन्त्र उपचारमा जानबाट बञ्चित गर्ने सरकारको संकल्प रहेको छ ।
त्यस्तै शिक्षालाई पनि फरक तरिकाबाट अघि बढाईने भएको छ । केही बाहेक सबै विद्यालयका भौतिक पूर्वाधारहरु निमाणर् गरेको भएपनि मानवीय र चेतनाको विकास हुन नसकेका कारण शिक्षामा आमूल परिवर्तनको नारा लिएपनि गति दिनका लागि विद्यालयमा सुधार गर्ने क्षेत्रहरुलाई लिएर अघि बढ्ने भएको छ ।
शिक्षामा लगानी गरे अनुसार परिणाम आउन नसककेको भन्दै शिक्षा क्षेत्रलाई शुन्यबाट अघि बढेर व्यापक सुधार गरी चरण-चरणमा शिक्षकहरुलाई तालिम दिएर परिणाम आउने गरी सरकार लाग्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार