मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • यी चार प्रदेशमा आज भारी वर्षा

यी चार प्रदेशमा आज भारी वर्षा

  • शुक्रबार, असार ८, २०८०
यी चार प्रदेशमा आज भारी वर्षा

 हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार