शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा उद्योगी बनाउन गाउँगाउँमा सिपमुलक तालिम

बडिमालिका नगरपालिकाद्धारा उद्योगी बनाउन गाउँगाउँमा सिपमुलक तालिम

  • बिहिबार, असार ७, २०८०
बडिमालिका नगरपालिकाद्धारा उद्योगी बनाउन गाउँगाउँमा सिपमुलक तालिम

बाजुरा– बडिमालिका नगरपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका दलित,जनजाति,महिला,युवा तथा आर्थिक रुपले पिछडीएका बर्गलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइरहेको छ । बडिमालिका नगरपालिकामा संचालित मेड्पा कार्यक्रमद्धारा सेवा प्रदायक छनौट गरि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत सिपमुलक तालिम दिएको हो । सहयोगि संस्था मेड्पाले अहिले नगरपालिकाका बिभिन्न वडामा सिपमुलक तालिम संचालन गरिहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन ।

No description available.
सिपमुलक तालिमले स्थानिय उत्पादनलाई बजार सम्म पुर्‍याएर विपन्न बर्गको जिवनस्तर सहज पुग्ने नगर उप प्रमुख नन्दा थापाले बताएकी छन । लघु उद्यमको माध्यम बाट रोजगारी दिई उत्पादित सामग्रीलाई बजार सम्म पुर्‍याउने लक्षका साथ स्वरोजगार लघु उद्यम कार्यक्रम संचालन गरिएको नगर उप प्रमुख थापाले बताईन ।

No description available.
बडिमालिका नगरपालिकाको समन्वय तथा मेड्पाको आयोजनामा बडिमालिका नगरपालिकाका बिभिन्न वडामा ७५ जनालाई लघुउद्यम तालिम दिएको लघुउद्यम सहजकर्ता रन्जीता शाहीले बताएकी छन । नगरपालिकाका न्यून आय भएका परिवार छनौट गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर १, ७ र ८ का ७५ जना उद्यमीलाई बिभिन्न सिपमुलक तालिम दिएको लघुउद्यम सहजकर्ता रन्जीता शाहीले बताएकी छन । बडिमालिका ७ का ८ जनालाई निगालोका साम्रगी बनाउने तालिम तालिम दिइसकेको छ ।

No description available.
उनीहरुलाई सहयोगि संस्था मेड्पाले स्थानिय उत्पादन बाट स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवनयापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम सिकाइएको लघुउद्यम सहजकर्ता रन्जीता शाहीले बताएकी छन । त्यसै गरी सोही वडाका १३ जनाले आलु चिप्स बनाउने तालिम लिएका छन ।
त्यस्तै वडा नम्बर-१ का १५ जनालाई ब्यवसायिक तरकारी खेती र ११ जनालाई दालमोट बनाउने तालिम दिइएको छ । बडिमालिका ८ मा १६ जनालाई अल्लोका साम्रगी बनाउने तालिम र १२ जनालाई दालमोट बनाउने तालिम दिएको नगरपालिकाले जनाएको छ । न्यून आयलाई मध्यनजर गर्दे ग्रामिण भेगका स्थानियको उत्पादनलाई बजार सम्म पुर्‍याउन सहजिकरण समेत गर्ने संस्थाले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार