बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

  • बिहिबार, असार ७, २०८०
किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

बाजुरा — खप्तड छेडेदह गाउपालिकामा संचालिन बिद्यालय स्वास्थ तथा पोषण कार्यक्रम अन्र्तगत वडा नम्वर १ र २ का बिद्यालयका किशोरीलाई सेनेटरी प्याड बनाएर प्रयोग गर्ने तालिम समापन भएको छ ।
दुई वटा वडाका ५ ओटा बिद्यालयका किशोरीहरुलाई स्थानिय साधन श्रोतबाट महिनावारी स्वच्छछता तथा व्यवस्थापन र सेनेटरी प्याड बनाउने सिप सिकाएर प्रयोग बिधि समेत सिकाईकाे थियो ।

No description available.
गाउपालिका १ मा २ दिने र वडा नम्वर १ मा २ दिने महिनावारीको बारेमा प्यापक छलफल तथा जानकारी र विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता ब्यवस्थापनको सुन्धर वातावरण सृजना गर्नको उक्त कार्यक्रम संचालन गरिएको आईडीएस नेपालका पालिका सुपभाईजर रुपा खड्काले बताईन ।
आर्थिक बर्ष २०७९÷०८० मा बिनियोजित रकमबाट विश्व खाद्यको सहकार्य एकिकृत्त विकास समाज नेपाल आईडीएस नेपाल विद्यालय स्वास्च्छता पोषण कार्यक्रम अन्र्तगतको सहजिकरण तथा समन्वयमा कार्यक्रम गरिएको खड्काले बताईन ।
खप्तड छेडेदह गाउपालिका १ र २ को आयोजनामा वडा नम्वरका १ का ४० जना र २ का २२ जना किशोर किशोरीहरुलाई तालिममा सहभागि गराईएको थियो । समापन कार्यक्रमको संचालन वडा सचिव प्रेमबहादुर साउँदले गरेका थिए भने दुई दिनसम्म चलेको कार्यक्रममो प्रशिक्षण आईडीएस नेपालका पालिका सुपरभाईजर रुपा खड्कार माया बिष्टले गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार