मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

  • बुधबार, असार ६, २०८०
एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

काठमाडौँ    –   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो ।

आवेदन दिने संस्था वा कम्पनीले आफुले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्नेछ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रूपैयाँ राजश्व बुझाउनुपर्ने छ ।

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ । see_20lN00v6gm.jpg (840×1537)

चर्चामा

सम्बन्धित समाचार