शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा आज १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने

धनगढीमा आज १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने

  • मङ्लबार, असार ५, २०८०
सेयर गर्नुहोस् :
धनगढीमा आज १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने
फाइल तस्विर

आज १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने भएको छ। शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक लगाएको छ। समितिले आज बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारी गाडी सञ्चालनमा रोक लगाउने समितिका सह संयोजक आनन्द भट्टले बताए।

गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै समिति २० दिनदेखी नियमित आन्दोलनमा छ।

चर्चामा

सम्बन्धित समाचार