शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खेलकुद
  • आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा

आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा

  • आइतवार, असार ३, २०८०
आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।

No description available.

आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।
नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बावेको सामना गर्न लागेकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार