बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना गरियो

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना गरियो

  • शनिबार, असार २, २०८०
राष्ट्रपतिको मुटुमा पुनः समस्या,  अस्पताल भर्ना गरियो

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

पौडेलका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल परिसरकै मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन् ।
गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका पौडेल गत बुधबार मात्र डिस्चार्ज भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार