मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यू

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यू

  • बुधबार, जेष्ठ ३१, २०८०
बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यू

बाजुरा– बाजुराकाे जगन्नाथ गाउपालिका १ मा चट्याङ लागेर एक युवकको मृत्यु भएकाे छ । मंगलवार साझ साढे ६ बजे आएको अविरल वर्षा संगै चट्याङ पर्दा जगन्नाथ गाँउपालिका १ का ३१ वर्षीया युवक यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपिरक्षक कबिन्द्रसि‌ह बाेहराले बताएका छन  । प्रहरीका अनुसार मृतक बिष्ट दिउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए ।

भैंसी गोठालो गएका उनको राती करिव साढे ६ बजे रुखमा चट्याङ परेर ज्यान गएको प्रहरीको भनाई छ । घटना स्थल तर्फ प्रहरीको टोली राती १ बजे नै गईसकेको घटनास्थल पुगेर मुचुल्का गर्ने काम भइरहेकाे  प्रहरी प्रमुख बाेहराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार