बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • कस्तो रहन्छ आजको मौसम?

कस्तो रहन्छ आजको मौसम?

  • शनिबार, जेष्ठ २७, २०८०
कस्तो रहन्छ आजको मौसम?

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ। यसका कारण सो भू–भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। अत्यधिक गर्मी तथा मेघ–गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनहुन महाशाखाको अनुरोध छ।

शनिवार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार