सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश लिलाम गर्छ र नागरिकताको व्यापार गर्छ,

देश लिलाम गर्छ र नागरिकताको व्यापार गर्छ,

  • आइतवार, जेष्ठ २१, २०८०
देश लिलाम गर्छ र नागरिकताको व्यापार गर्छ,

देश लिलाम गर्छ र नागरिकताको व्यापार गर्छ,
जनताले चुनेर पठाए अभद्र त्यही सरकार गर्छ।

यो देश कसको हातमा गएपछि शुरक्षित होला,
मनभित्र बिचार आउँनेजाने त्यही अनुसार गर्छ।

निरङ्कूश तानाशाही व्यबस्था झेलेका जनता,
भन्छन् यो भन्दा बरू उसैले देशमा उद्धार गर्छ।

जनताको मत लिएर जान्छ सरकारमा नेताहरू,
आफ्नै लाई बिदेशी सँग सधैभरी हारगुहार गर्छ।

भन्थ्यो नौलोजनवादी क्रान्ति जिन्दावाद उसैले,
अहिले आफ्नै बर्गसँग आफैपनि मारामार गर्छ।

ए जनता अब त होसमा आउ ढिला हुँनथाल्यो,
देख्यौ उस्ले बिदेशी र धन सँग कती प्यार गर्छ।

चर्चामा

सम्बन्धित समाचार