शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अन्तराष्ट्रिय महिनावारी स्वच्छाता दिवसका बारेमा 

अन्तराष्ट्रिय महिनावारी स्वच्छाता दिवसका बारेमा 

  • आइतवार, जेष्ठ १४, २०८०
अन्तराष्ट्रिय महिनावारी स्वच्छाता दिवसका बारेमा 

हाम्रो देशमा बिभिन्न मितिमा बिभिन्न दिवसहरु पनि मनाउँदै आएको छ । यसै गरी मे २८ लाई महिनावरी स्वच्छाता दिवसको रुपमा मनाईदै आएको छ । यो बर्षको महिनावरी स्वच्छाता दिवस जेठ १४ गते परेको छ । अन्तर राष्ट्रिय स्तरमा सन २०१४ देखि मनाउन सुरु गरीको दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो । महिनावरी भनेको महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रकृयालाई महिनावरी वा रजस्वला भन्ने गरीन्छ । साधारणतया महिनावरी १२ देखि १५ बर्षको को उमेरमा सुरु हुन्छ ,महिनावरीको अन्तर लगभग २८ दिन हुने गर्दछ ,महिनावरी महिलामा ४५ देखी ५५ भित्र सकिन्छ ।
महिनावरी शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो ।यो हाम्रो शरिरमा हाम्र्रोनमा को मात्रामा आउने परिर्वतन कारणले हुने गर्दछ ।महिनावरी प्राकृतिक सरसफाई प्रकृया हो र महिनावरी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो ।
हे यो महिलाको शारीरिमा हाम्र्रोनको मात्रामा आउने परिर्वतन कारणल प्राकृतिक सरसफाई प्रकृया लाई हाम्रो जिल्ला पालिका ,समुदाय टोल र जातजाति हरुमा फरक फरक नाम दिने गरीएको छ । कुनै समुदायमा महिनावरी लाई निकै बार्ने गरेको छ भने कुनेै जातजातिमा महिनावरीको केही वास्ता नगर्ने दैनिक दिनको कृयाकलाप गरी रहने गरीन्छ , महिनावरीमा बार्ने भन्नाले महिनावरी भएको ३ दिन सम्म भान्सामा मा गएर खान नपाकाउने ,देबी देवता मठ मन्दीरमा नजाने पुजा आज नगर्ने दैनिक सुत्ने ओछ्र्यानमा नसुती महिनावरी भएको ३ दिन सम्म एक्लै सुत्ने आदि कृयाकलापलाई भनिन्छ । बार्ने चलनमा पहिले भन्दा हाल पालिका,वडा समुदाय र टोलमा केही परिवर्तन आएको छ । महिनावरी लाई बाजुरा जिल्लाको बिभिन्न समुदायमा आफ्नो आफ्ने स्थानिय भाषाले चिनिने गरेको छ , यहँका समुदायमा धेरै जसो छुई भएको ,नछुने ,पर सरेको छुई भएकी ,बाहिर सरेकी आदि नामले चिनिने गरीन्छ ।
महिनावरी भएको बेला सरसफाईको एकदमै आवश्यकता परेको हुन्छ । यस बेला सेनिटरी प्याड लगाउन पहिले हात सफ गर्ने ,४ देखि ६ घण्टा भित्र प्याड परिर्वतन गर्ने ,परियोग गरेका प्याडलाई सही तरीकाले व्यवस्थापन गर्ने , कपडाको प्याड प्रयोग गर्दा राम्रो सँग धुने र घाममा सुकाउने गर्नु पर्छ । महिनावरी भएको बेला कुनै कुनैमा शाररिक र मनसिक समस्या पनि देखिने गर्दछ यसमा परिवारले व्यवस्थापनको लागि ध्यान दिन निकै आवश्यक देखिन्छ ।
अहिले महिनावरी स्वच्छाता तथा व्यवस्थापनको लागि विद्यालयमा किसोरीको लागि सेनिटरी प्याड बितरण गर्ने गरेको छ भने स्थानियनिकाय र बिभिन्न संघ संस्थाको सहयोगमा समुदायमा कपडाको सेनटरी प्याड बनाउने तालीको आयोजन गरी महिनावारी व्यवस्थापनको लागि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
बाजुरा जिल्लामा हाल सम्म महिनावारी स्वच्छता समम्बन्धी के के कृयाकलाप गरीको छ र महिनावरी अर्थात छाउ भएको बेला महिला तथा किसोरी हरुलाई के कस्तो सहयोग गरीन्छ भन्ने बिषयमा लामो समय सम्म महिनावरी स्वच्छता सम्बन्धी बिभिन्न कार्यक्रम सञ्चालन गदै आएका पिस विन नेपाल बाजुराका महेश जैशी भन्नु हुन्छ ₋“पहिले भन्दा महिनावरी भएको वेला सरसफाई गर्ने कुरामा निकै परिवर्तन आएको छ , बिद्यालयमा प्याड बितरण ,सरसफई गर्ने बारे जानकारी महिला मैत्री शौचालयको निमाणर् गरीएको छ भने समुदाय स्तरमा सेनिटरी प्याडको प्रयोग ,कपडाको प्याड बनाउने तालिम दिई महिनावरी भएको बेला सरसफाई गर्ने ,पोशिलो खाने कुरा खाने र सुरक्षित स्थानमा बस्ने जस्ता कुराको जनचेतना मुलक कार्य क्रमको आयोजना गर्दा महिला तथा किसोरीमा हुने हिसांमा कमी आउनुको साथै यौन जन्य सक्रमणको न्युनिकरण भएको छ ।”
“गत बर्ष सम्म छाउ गोठ मुक्त अभियान सगै महिनावरीको बेला महिला किसोरी हरुले ध्यान दिनुपर्ने कुरा,आत्म रक्षाको तथा सेनिटरी प्याड बनाउने तालीम र धामी झार्की सगको सम्वाद आयोजना गरीएको थियो ,जसले गर्दा समुदायका महिला तथा किसोरीको सोचाई परिवर्तन भएको छ ,पहिलेको तुलनामा महिनावरी छाउ भएको बेला सरसफाईमा निकै ध्यान दिने गरेका छन ,बिद्यायमा पनि सेनि६री प्याड बितरणले गर्दा छात्राहरुलाई पनि सहज भएको छ” भन्नुहुन्छ बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख केशरी रोकाय ।
महिनावारी स्वच्छता समम्बन्धी बडीमालिका नगरपालिका का उपमेयर नन्दा थापा यसो भन्नु हुन्छ ,“हाम्रो पालिकामा विगतका बर्षहरु बाटै पहिले देखी महिानवरी भएको बेला बस्ने छउ गोठ मुक्त अभियान चलाएको हो त्यो कार्यलाई निरन्तरता दिईएको छ । यस बर्ष पनि महिनावारी स्व्वच्ताछ सम्बन्धी समुदाय बिद्यालय ,किसोरी समुहमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरीएको छ । अहिले सम्म महिनावरी स्वच्छाता दिवसको अवसरमा बारेमा खासै केही कृयाकलाप नगरेको र आउँदो बर्षमा यसको लागि केही कार्यक्रम गर्नेछाै ।
“महिनावारी भनेको महिला वा किसोरीमा हुने मासीक चक्र हो , पहिले पहिले महिनावरी भएको बेला छात्राहरु बिद्यालय नआउने ,सेनिटरी प्याडको कुरा गर्दा लाज मान्ने,टाउको न्युहुराउने गथ्र्ये भने आज भोली महिनावरी लाई सामान्य रुपमा लिने गरेको, महिनावरी भएको बेला नलजाई प्याड माग्न आउने ,सरसफाई गर्ने हासी खुशी साबै साथीहरु सँग बस्ने गरेका छन ,सथै बिद्यायलयमा छात्रा मैत्री सौचालय र लगाएको प्याड व्यवस्थापनको लागि बिद्यालयमा खाल्डो बनाएका छौ” भनोदय मा वि कुल्देउ माडौका प्रधाना ध्यापक मनबिर खाती भन्नु हुन्छ ।
यसै गरी मनिावरी स्वच्छाता दिवसको बारेमा जिल्ला जनस्वास्थ्य प्रमुख महेश चन्द यसो भन्नु हुन्छ , खासै अहिले सम्म केही कार्यक्रम नगरेको र यो बर्ष पनि केही कार्यक्रम गरीएन ,बिगतका बर्षमा सेनिटरी प्याडको बारेमा नर्सिङ स्टाफलाई तालिम दिई सरसफाईको बारेमा जानकारी ,महिनारी भएको बेला देखिने बिभिन्न शाररिक समस्या र समाधानको बिषयमा जानकरी गराएको थियो ,सामान्य तया महिनावरी भएको बेला सरसफाई गर्ने ,अरु समय भन्दा थप पोषिला खाना,फलाम तत्व र भिटामिन भएका खने कुरा ,झोलिलो पदार्थ,रेसादार खानेकुरा खानुको साथै हाम्र्रोनमा हुने परिर्वतनले पेट वा ढाड दुख्ने भएकाले चिया कफी,कोक जस्ता पे पदार्थ हरु कम पिउने गर्नु प्रर्छ ,यसले गर्दा महिला तथा किसोरीलाई सहज हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार