• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र गठन

बुढिगंगा नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र गठन

  • बिहिबार, जेष्ठ ११, २०८०
बुढिगंगा नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र गठन

बाजुरा– बुढिगंगा नगरपालिकाको वडा न २ देखी १० सम्मका वडाहरुमा मेलमिलाप केन्द्र गठन गरिएका छन । मेलमिलाप केन्द्र संचालन कार्यबिधी २०७७ बमोजिम वडाहरुमा मेलमिलाप केन्द्र गठन गरिएको हो ।
स्थानीय तहमा विवाद निरुपण गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए अनुसार वडा तहमा समेत मेलमिलाप केन्द्र स्थापना गरिएको नगर प्रमुख राम बहादुर बानिँयाले बताए । संविधानको धारा २१७ अनुसार गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति निर्माण गर्ने व्यवस्था भए अनुसार वडास्तरमा मेलमिलाप केन्द्र स्थापना संगै कामहरु संचाचलनमा सहज हुने नगर प्रमुख बानियाँले बताए ।

यस अघि स्थानीय तहको वडास्तरमा निर्माण हुने मेलमिलाप केन्द्र स्थानीय वडा तहमा न्याय दिने अनौपचारिक संययन्त्र भए पनि स्थानीय तहमा मेलमिलाप केन्द्र निर्माण हुन नसक्दा न्याय सम्पादनमा समेत समस्या हुने गरेको भए पनि अव त्यस्ता समस्या वडामै समाधान हुने नगर प्रमुख बानियाले बताए ।
नगरपालिका भित्र बस्ने सहज र न्यायमा पहुच पुर्याउन मेलमिलाप प्रकृयाबाट न्याय निरोपणमा सहयोग गर्न सो समिति गठन गरिएको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख माया कुँवर खड्काले बताइन । तालिम प्राप्त मेलमिलापकर्ताले वडामा आउने सामान्य प्रकृतिका मुद्दा निरुपण गर्न सकिने नगरपालिका उपप्रमूख तथा न्यायिक समितिका संयोजक खड्काले  बताइन् । उनले भनिन्, ‘अब वडामा आउने सामान्य प्रकृतिका मुद्दा वडामा नै मेलमिलाप हुन्छ । मेलमिलापकर्तालाई विवाद मिलाउन तालिम दिएका छौं ।’

No description available.
वडा नम्मर २ देखि १० वडामा न्याय समितिको वडामा मेलमिलाप केन्द्र गठन गर्नुका साथै मेलमिलाप कर्ताहरुलाई सफत खुवाएर केन्द्रको गठन गरिएको न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख खड्काले बताएकी छन । न्यायीक समिति सयोजक माया कुँवर खड्काको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अथिति बुढिगंगा नगरपालिकाका प्रमुख राम बहादुर बानीया रहेका थिए ।

No description available.
कार्यक्रममा वडाअध्यक्ष लगायत सदस्यहरुको उपस्थित रहेको थियो । मेलमिलाप केन्द्र गठन हुन वडा नम्मर १ बाकी रहेको नगर उप प्रमुख खड्काले बताएकी छन । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरी राज्यको मुल संरचना संघ, प्रदेश र स्थानीय तह हुने तथा तीनवटै तहबाट संविधान र कानून वमोजिम राज्य शक्तिको प्रयोग गर्ने व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार