शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैंगिक उत्तरदायी बजेट तथा स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण

लैंगिक उत्तरदायी बजेट तथा स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण

  • बुधबार, जेष्ठ १०, २०८०
लैंगिक उत्तरदायी बजेट तथा स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण

बाजुरा– बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरुलाई लक्षित गरि लैंगिक उत्तरदायी बजेट तथा स्थानीय तहको योजना तर्जुमा सम्बन्धमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। जेठ ५ र ६ गते बुढीगंगा नगरपालिका र जेठ ८ र १० गते बडिमालिका नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) तथा IPAS ले प्राविधिक सहयोग तथा सहजीकरण गरेको थियो ।

प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायी बजेट नमुना निर्देशिका २०७७ तथा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा आधारित भई लिङ्ग तथा लैंगिकता माथि प्रकाश पार्दै स्थानीय तहको नीति, योजना, कार्यक्रम तथा बजेटमा लैंगिक व्यवहारिक तथा रणनीतिक आवश्यकताहरुको पहिचान तथा प्राथमिकतालाई मुलप्रवाहीकरणका उपाय तथा औजारहरु स्थानीय सरकारका नीति निर्माताहरुलाई प्रदान गरिएको IPAS का कार्यक्रम अधिकृत रमेश थापाले बताए।
लैंगिक, जातीय, भौगोलिक, धार्मिक, अपांगता, शैक्षिक, आर्थिक विविध पक्षहरुबाट बिकासका अवसर तथा प्रतिफलबाट बन्चितिकरण (multiple exclusion) मा परेका बर्गहरुको स्थानीय बिकासका योजना तर्जुमा, कार्यन्वयन र अनुगमन-मुल्यांकन लगायत सबै पक्षहरुमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नमा सरोकारवालाहरुको सचेत प्रयत्न रहनुपर्ने तथ्यलाई उजागर गर्दै आर्थिक-सामाजिक सशक्तिकरण र विभेदजन्य नीति तथा अभ्यासहरूको सम्बोधनका लागि स्थानीय तहको संस्थागत क्षमता बिकासका लागि सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको UNFPA का कार्यक्रम संयोजक आत्माराम न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिका प्रमुख अमर खड्काले सिमित स्रोतको उच्चतम प्रयोग गर्दै बिकासको मुलधारबाट टाढा पारिएको बर्गहरुलाई बढी भन्दा बढी लाभ पुग्ने गरि नीति, योजना तथा कार्यक्रमहरु तर्जुमा गरि कार्यन्वयन गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए। यसैगरी लैंगिक उत्तरदायी बजेट तर्जुमा तथा कार्यन्वयनबाट लक्षित बर्ग प्रति जिम्मेवार हुन सहयोग गर्ने र लैंगिक लेखाजोखा तथा स्थानीय सरकार संस्थागत स्वमुल्यांकनमा सुधार ल्याउनमा समेत योगदान पुग्ने बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुँवरले बताइन ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA), स्वीस सरकार विकास सहयोग (SDC) र नर्वेजियन दुतावासको सहयोगमा लैंगिकतामा आधारित हिँसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण (GBVPR II) सन् २०२० देखि जिल्लाका बडिमालिका नगरपालिका तथा बुढिगङ्गा नगरपालिकामा कार्यान्वयनमा रहेको छ । त्यसैगरी बडिमालिका नगरपालिका, बुढिगङ्गा नगरपालिका, बुढिनन्दा नगरपालिका र गौमुल गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र नर्वेजियन दुतावासको सहयोगमा रिया कार्यक्रम (Reproductive Health & Rights for Accelerating Impacts – RHEA Program) संचालित छ। साथै जिल्लामा आउने प्राकृतिक विपदहरुमा पनि राहत तथा मानबिय सहयोगका कार्यक्रमहरु UNFPA ले संचालन गर्दै आइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार