शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, तीन वर्ष नपुग्दै ५२७ जनाको मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, तीन वर्ष नपुग्दै ५२७ जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ ९, २०८०
सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, तीन वर्ष नपुग्दै ५२७ जनाको मृत्यु

धनगढी– सुदूरपश्चिममा सवारी दुर्घटना भयावह बन्दै गएको छ। सवारी दुर्घटनामा परेर ज्यान गुमाउने र अंगभंग हुनेको संख्या वर्षेनि थप हुँदै गएको छ। बढ्दो सवारी चाप र चालको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दो छ। ३३ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर पाँच सय २७ जनाको मृत्यु भइरहेको छ। सो अवधिसम्म एक हजार दुई सय ६३ सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको अभिलेख छ।

सुदूरपश्चिममा सवारी चाप वर्षेनि बढ्दो छ। सडक क्षमताले थेग्नै नसक्ने गरी सवारी चाप बढेको छ। २०७७ मा २४ हजार १६० नयाँ सवारी साधन दर्ता भएकोमा सबैभन्दा बढी १९ हजार ८८५ मोटरसाइकल/स्कुटर रहेको अभिलेख छ। २०७९ मा १७ हजार ६४ मोटरसाइकल/स्कुटर दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप चार हजार ४६ दर्ता भएको छ।

साना ठुला गरी प्रदेशभित्र एक लाख ५० हजारभन्दा बढी सवारीसाधन दर्ता भएको यातायात कार्यालयको तथ्यांक छ। सवारी चापको तुलनामा सडक सुधार र विस्तारको काम नहुँदा सवारी दुर्घटना बढ्दो छ। सवारी चाप सबैभन्दा बढी धनगढीमा छ। तर पछिल्लो समय भने कैलालीमा सवारी दुर्घटना कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र जोहारी बताउँछन्।

‘सवारी दुर्घटना न्युनिकरण गर्न चार महिनाको अवधिमा एक हजारको संख्यामा चालकहरुलाई ट्राफिक सम्वन्धि शिक्षा दिएका छौँ, त्यस्तै चालक र सडकमा ट्राफिक संकेत राख्ने काम भएकाले दुर्घटनामा कमि आएको छ।’ प्रदेशभित्र ३३ महिनाको अवधिमा एक हजार दुई सय ६३ सवारी दुर्घटनामा परेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा ७८४, आर्थिक वर्ष २०७८/७९ मा ६८३ तथा चालु आर्थिक वर्षको चैत मसान्तसम्म २५६ सवारी साधन दुर्घटनामा परेका छन्। कैलाली जिल्लामा भने बिगतका वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमि आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ। यान्त्रीक गडबडीका कारण पनि दुर्घटना हुने गरेका छन्। चालकको कमजोरी पनि एक कारण हो। विशेष गरी सडकको दुराअवस्थाले पनि दुर्घटना बढ्दो छ।

प्रदेशिभित्र ३३ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ५२७ जनाको मृत्यु भइसकेको छ। सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७७/७८ मा १८७, आर्थिक वर्ष २०७८/७९ मा १९६ र चालु आर्थिक वर्षको चैत मसान्तसम्म १४४ जनाको मृत्यु भएको तथ्यांक छ। दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले विभिन्न प्रयास गर्दै आएको दाबी गरिए पनि दुर्घटना न्युनिकरण हुन सकेको छैन्। साभार

चर्चामा

सम्बन्धित समाचार